images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • पाकिस्तानको हबिब बैंक हिमालयनबाट बाहिरिँदै, सवा...

पाकिस्तानको हबिब बैंक हिमालयनबाट बाहिरिँदै, सवा तीन अर्बमा सेयर बेच्दै

पाकिस्तानको हबिब बैंक हिमालयनबाट बाहिरिँदै, सवा तीन अर्बमा सेयर बेच्दै

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन लागेको छ । हबिबले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर एकमुस्ट बेच्न लागेको हो ।हबिबले संस्थापक सेयरको मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकेको छ । प्रस्तावित मूल्यलाई आधार मान्दा एकमुस्ट सेयरको रकम तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ हुन आउँछ ।हबिबले पहिलो प्राथमिकता हिमालयनका संस्थापक सेयरधनीलाई दिनेछ । हाल कायम रहेका संस्थापकलाई ३५ दिनभित्र प्रस्ताव पेस गर्न हिमालयनले भनेको छ । हिमालयनमा हबिबको १२.९३ प्रतिशत संस्थापक सेयर छ ।

    images
    images

    हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर ०७६ सालमा नै बेच्ने प्रयास गरेको थियो । बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी)ले सेयर खरिद गर्ने पक्का भएको थियो । बैंकका सञ्चालकबाट विरोध भएपछि त्यति बेला सफल भएको थिएन । कर्मचारी सञ्चय कोषले संस्थापक सेयर किन्ने बताए पनि पाएन ।हिमालयनले सिभिल बैंकलाई आफूमा समाहित (मर्जर) गरेपछि वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल ५० करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको यही समयमा एक अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकको वितरणयोग्य नाफा सात करोड ८० लाख रुपैयाँ मात्र छ ।

    हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । सिभिलसँग मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत स्वामित्व थियो । हाल त्यो घटेर १२.९६ प्रतिशत स्वामित्व छ ।हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ । कोषको १४ प्रतिशत स्वामित्व छ । कोषको १४ प्रतिशत स्वामित्व भएका कारण हबिबको सेयर किन्न सञ्चय कोषले पाएको थिएन ।हिमालयनमा हिमालयनशमशेर जबरा, भीम पाँडे, पृथ्वी पाँडे, नरसिंहबहादुर श्रेष्ठ र आन्नदभक्त राजभण्डारीको धेरै सेयर छ ।यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७१, खेतान ग्रुपको म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५, आभा इन्टरनेसनलको ११.३८, छाया इन्टरनेसनलको ८.८९ र उद्योगपति शशिकान्त अग्रवालको २.६५ प्रतिशत स्वामित्व छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend