images

२०८३ आश्विन २४ गते

images
images
images

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौँ । आज शुक्रबारदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ ।कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।

    images
    images

    प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सूचनामार्फत जनाएको छ ।आयोजना प्रभावितका रुपमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २, साविक गोली गाविस वडा नम्बर १, २, ३, ४, ५ का स्थानिय बासिन्दा पर्दछन् ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा असार १३ गतेसम्म तथा ढिलोमा असार २९ सम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार १३ सम्म आवेदन दिन सक्नेछन् ।प्रभावित स्थानीयले सिटिजन्स बैंकका लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणााली मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

    images
    images

    कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend