images

२०८३ आश्विन १६ गते

images
images
images

तीनकुने घटनाका दोषी को ? अदालतको आदेशपछि ७ जना थुनामा

तीनकुने घटनाका दोषी को ? अदालतको आदेशपछि ७ जना थुनामा

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौँः जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ।

    images
    images

    न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईं सहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दा सम्म थुनामै बस्नु पर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ।

    जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्।

    images
    images

    अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ।

    चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो। त्यसको नेतृत्व प्रसाईँले गरेका थिए।

    प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। यो प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईं तोकिएका थिए।

    प्रसाईँ विरुद्ध प्रहरीले राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो।

    जिल्ला अदालतले उनी सहित ७ जनालाई तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिल्ने भन्दै थुनामै राखेर मुद्दाको प्रतिवाद गर्न भनेको हो।

    थुनामै रहने प्रतिवादीहरूः
    दुर्गाप्रसाद प्रसाईः भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं–५, तारा राजावादी भन्ने सरोज गौतमः भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं–१, अनुप राजावादी भन्ने गोकर्ण शाहीः ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं – १९, डण्डपाणि रेग्मीः कैलाली, धनगढी उपमहानगरपालिका वडा नं २, 
    सुशील बरालः काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं – ३२, केशव बस्नेतः रामेछाप, गोकुलगंगा गाउँपालिका वडा नं – ४, कुमार तामाङः सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका वडा नं – ९ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend