images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन...

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं– हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दा, वैदेशीक र रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीलाई आईपीओ बिक्री गर्नेका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीले आईपीओ बिक्री गर्ने भएको हो । 

    images
    images

    कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरका ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री गर्ने भएको छ । जसमा ५ प्रतिशत  १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र लागि विक्री गर्ने छ । त्यस्तै, कम्पनीको जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार बराबरको ९ लाख ३२ हजार ५०० कित्ता शेयरमध्ये ९३ हजार २५० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई वितरण गर्ने भएको छ । कम्पनीले १८ हजार ६५० कित्ता कर्मचारीहरूलाई र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि बिक्री गर्ने भएको छ । 

    कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर भने सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीको हाल आज पुँजी ३७ करोड ३० लाख रुपैयाँ बराबरको छ । कम्पनीले बुकु कापटी खोला जलविद्युत ५ मेघावाटको आयोजना सञ्चालन गरेको छ । आईपीओमा गरेको लगानी ७.१४ वर्षमा फिर्ता हुने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend