images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ :...

विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । 'पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम गर्न सक्छन्,'राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भने ।

    images
    images

    रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई उनले सुझाव समेत दिए । विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले राजर्षी जनक विश्वविद्यालयमा पढेका विद्यार्थी हरेक ठाउँमा पूर्ण हुनुपर्नेमा जोड दिए ।

    जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend