images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • असार १ गते ट्रेड टावरको आईपीओ...

असार १ गते ट्रेड टावरको आईपीओ बाँडफाँड हुने

असार १ गते ट्रेड टावरको आईपीओ बाँडफाँड हुने

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ असार एक गते आइतबार बाँडफाँड हुने भएको छ । उक्त दिन विहान ९ बजे आईपीओ बाँडफाँड गरिने तयारी रहेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । 

    images
    images

    कम्पनीले जेठ १४ देखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो ।  जसमा ७.०८ गुण बढी अर्थात् जसमा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् ।

    कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९  हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

    images
    images

    जसमध्ये १० प्रतिशत अर्थात् ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । कर्मचारीहरूका लागि ७९ लाख ४३ हजार रुपैयाँ बराबरको ७९ हजार ४३३.८६ कित्ता शेयर छुट्याइएको छ । सामूहिक लगानी कोषहरूका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता बाँडफाँड गरिसकेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend