images

२०८३ आश्विन २६ गते

images
images
images

१० महिनासम्मको अवधिमा चालु खाता २५५ अर्बले बचतमा

१० महिनासम्मको अवधिमा चालु खाता २५५ अर्बले बचतमा

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा चालु खाता २५५ अर्ब भन्दा बढीले नाफामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु खाता २५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.५ अर्ब २६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.७ अर्ब ५ करोड रहेको थियो ।  समीक्षा अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend