images

२०८३ आश्विन १८ गते

images
images
images

दोर्दी खोला जलविद्युतको लिलामी सेयर बाँडफाँड

दोर्दी खोला जलविद्युतको लिलामी सेयर बाँडफाँड

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं- दोर्दी खोला जलविद्युत लिमिटेडको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।जसमा कम्पनीले संस्थापक समूहको १२ लाख ८५ हजार ४१, सर्वसाधारण समूहको लक इनमा रहेको १ लाख ६५ हजार ९५६ र सर्वसाधारण समूहको लक इनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँड गरिएको हो ।

    images
    images

    प्रारम्भिक तथ्यांक अनु्सार लकइनमा रहेको संस्थापक समूहको सेयरको न्यूनतम २६५ रुपैयाँ, लक इनमा रहेको सर्वसाधारण समूहको २७० रुपैयाँ र लक इनमा नरहेको सर्वसाधारण समूहको सेयरको १११ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।

    कम्पनीले जेठ ११ गतेदेखि २० गतेसम्म संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता र सर्वसाधारण समूहकै लक इनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामी बिक्रीमा ल्याएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend