images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान...

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् ।  सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको छ । झापाका किसानले रु एक हजार ५०० प्रतिक्विन्टल मूल्य पाउन पनि मुस्किल परेको छ  । उक्त मूल्यमा बिक्री गर्दा हाम्रो लागत नै नउठ्ने बाह्रदशीका स्थानीय किसान मनकुमार सङ्ग्रौला बताउनुहुन्छ । सरकारले हामीले उत्पादन गरेको धान किनिदिने हो भने हामीलाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ । 

    images
    images

    खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय विर्तामोडका प्रमुख राजबहादुर राईका अनुसार कम्पनीसँग धान सुकाउन आवश्यक मेसिनको अभाव भएकाले यस वर्ष चैते धान खरिद गर्न सकिने अवस्था छैन । तर, आगामी वर्षदेखि चैते धान खरिद गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको उहाँले बताउनुभयो । अर्जुनधारा नगरपालिका वडा नं ४ का किसान भीष्मप्रसाद हुमागाईंले सरकारले मूल्य तोके पनि त्यसअनुसार खरिद प्रक्रिया अगाडि नबढाएको गुनासो गर्नुभयो । “सरकारको उदासीनताका कारण व्यापारीले सस्तो मूल्यमा धान किनेर मनपरी नाफा लिइरहेका छन्”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि चैते धानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।”  

    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत वर्ष झापामा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । प्रतिहेक्टर पाँच दशमलव ८१ मेट्रिकटनका दरले एक लाख १६ हजार २०० मेट्रिकटन चैते धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend