images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से ८.५६ अंकले घट्यो,...

नेप्से ८.५६ अंकले घट्यो, ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार

नेप्से ८.५६ अंकले घट्यो, ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं । सेयर बजारको लगातारको गिरावटले निरन्तरता पाएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५६ अंकले घटेर २६३२ विन्दुमा रोकिएको छ ।

    images
    images

    यसअघिको तीन कारोबार दिन पनि नेप्से लगातार घटेको थियो । गत साताको मंगलबार नेप्से ३५.७३ अंक, बुधबार ११.९७ अंक र बिहीबार ५.९९ अंकले घटेको थियो ।आइतबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको बढेको छ । आज रिभर फल्स पावर र पियोर इनर्जीको सेयर मूल्यमा ९.९९ प्रतिशतको सुधार आएको छ ।

    images
    images

    यस्तै, ओम मेगाश्रीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend