images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब...

सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी

सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गर्न लागेको बजेटमा सांसदहरूलाई योजनाका लागि दुई अर्ब २३ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ। सरकारको प्रारम्भिक प्रस्ताव अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई तीन करोड रुपैयाँको दरले बजेट भाग लगाइने भएको छ।सुदूरपश्चिम प्रदेशसभामा हाल ५३ सांसद छन्, जसमा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् । प्रदेश सरकारले बजेट विनियोजनको यो अभ्यासलाई औपचारिक रूपमा उल्लेख नगरे पनि विगत वर्षमा जस्तै यसपटक पनि घुमाउरो तरिकाबाट सांसदहरूको क्षेत्रीय योजनाका लागि रकम छुट्याउने तयारीमा रहेको छ।

    images
    images

    गत आर्थिक वर्ष २०८१/८२ मा प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोडका दरले बजेट विनियोजन गरिएको थियो । त्यसअनुसार सरकारबाट कुल एक अर्ब ७० करोड रुपैयाँ सांसदहरूको सिफारिसमा खर्च गरिएको थियो।स्रोतका अनुसार यस पटक पनि सांसदहरू आफैँले योजनाको सूची तयार पारेर सरकारसमक्ष पेस गर्ने प्रक्रिया अघि बढिसकेको छ। योजनाको छनोटमा सांसदहरूले सक्रियता देखाइरहेका छन् । समानुपातिक सांसदहरूले भने प्रत्यक्ष निर्वाचित सांसद सरह पाँच करोड बजेटको माग गर्दै आएका छन् ।

    विगतदेखि नै प्रदेश सांसदहरूले योजनामा सहभागी हुन नपाएको गुनासो गर्दै आएका थिए । बजेट निर्माण प्रक्रियामा आफूहरूलाई उपेक्षा गरिएको भन्दै उनीहरू यस पटक पनि सक्रिय लबिङमा छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend