images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आजदेखि आवेदन...

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आजदेखि आवेदन खुला

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आजदेखि आवेदन खुला

images
images
शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम को इकाइमा आवेदन दिने प्रक्रिया आज जेठ २३ गतेदेखि सुरु भएको छ।नेपाल धितोपत्र बोर्डले योजना अन्तर्गत ४० करोड रुपैयाँ बराबरको इकाइ बिक्री खुला गर्ने अनुमति दिएको छ। सो योजनाअनुसार १० रुपैयाँ अंकित मूल्यमा कुल ४ करोड इकाइ निष्कासन गरिनेछ।

    images
    images

    प्रवर्द्धक र व्यवस्थापकलाई सुरक्षित इकाइ
    जारी गरिने ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात् ३० लाख इकाइ कोष प्रवर्द्धक प्रभु बैंकका लागि सुरक्षित गरिएको छ। यस्तै, अर्को ७.५ प्रतिशत अर्थात् ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ।

    सर्वसाधारणका लागि २ करोड ५० लाख इकाइ
    यस योजनाअन्तर्गत सर्वसाधारणका लागि पहिलोपटक २ करोड ५० लाख इकाइ बिक्री खुला गरिएको हो।

    images
    images

    न्यूनतम १०० देखि अधिकतम ३१ लाख इकाइसम्म आवेदन दिन सकिने
    लगानीकर्ताले यो योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम ३१ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्।

    आवेदन अवधि जेठ २७ सम्म, आवश्यक परे असार ६ सम्म लम्बिन सक्छ
    यस खुलामुखी योजनाको इकाइ बिक्री छिटोमा जेठ २७ गतेसम्म हुनेछ। यदि तोकिएको अवधिभित्र सबै इकाइ बिक्री नभएमा निष्कासन अवधि असार ६ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।

    रेटिङ्ग
    यस म्युचुअल फन्ड योजनाका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कोष प्रवर्द्धक प्रभु बैंकलाई "इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस" प्रदान गरेको छ। त्यस्तै, योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले "केयर एनपी एएमसी क्वालिटी ३ प्लस" रेटिङ्ग दिएको छ।

    आवेदन दिने व्यवस्था
    लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको मेरो सेयर प्रणालीबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend