images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक ५.९९ अंकले घट्यो,७...

नेप्से परिसूचक ५.९९ अंकले घट्यो,७ अर्ब ९७ करोडको कारोबार

नेप्से परिसूचक ५.९९ अंकले घट्यो,७ अर्ब ९७ करोडको कारोबार

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौं। साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ११ .९७ अंकले घटेर २६४६.९५ विन्दुमा पुगेको थियो। नेप्से एकल अंकले घटे पनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ। यसदिन ३११ स्क्रिप्सको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ रुपैयाँमा खरिदबिक्री भए।

    images
    images

    बुधबार ५ अर्ब १६ करोड मूल्यको सेयर कारोबार भएको थियो। आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स पावर, बुटवल पावर र पियोर इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।यसदिन ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.३० प्रतिशतले घटयो। कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

    युनिभर्सल पावरको ६४ करोडको सेयर कारोबार हुँदा बुटवल पावरले ४९ करोड,नगदी ग्रुपले ४३ करोड र अरुण कावेलीले २९ करोड मूल्य बराबरको सेयर कारोबार गरे। दुईवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। हाइड्रोपावर र इन्भेस्टमेन्ट समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।कारोबारमा आएकामध्ये ९४ स्टक्सको मूल्य बढ्दा १५३ वटाको घट्यो। एक स्टकको मूल्य भने यसदिन स्थिर रह्यो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend