images

२०८३ आश्विन १८ गते

images
images
images

ताप्लेजुङका तीन स्थानीय तहले १० असारअघि नै बजेट ल्याउने

ताप्लेजुङका तीन स्थानीय तहले १० असारअघि नै बजेट ल्याउने

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • ताप्लेजुङका केही स्थानीय तहले असार १० गते अघि नै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन्। आठराई त्रिवेणी गाउँपालिकाले असार ८ गते नीति, कार्यक्रम र बजेट ल्याउने भएको छ। पालिका अध्यक्ष दीपेन्द्र पोमूले असार ८ गतेका लागि तयारी भइरहेको बताए। पालिकाले वडा र टोलस्तरमा पुगेर सुझाव सङ्कलन गरिरहेको छ। यसअघि जेठ २० गतेसम्म नीति, कार्यक्रम र बजेटका लागि सुझाव मागिएको थियो। 

    images
    images

    सिरिजङ्गा गाउँपालिकाले असार ८ वा ९ गतेभित्र बजेट पारित र स्वीकृत गर्ने योजना बनाएको छ। प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार असार ७ र ८ गते कार्यपालिका बैठक बोलाइएको छ। स्वीकृत भएमा सिरिजङ्गाले सोही दिन वा भोलिपल्ट गाउँसभामार्फत बजेट पेश गर्नेछ। पालिकाले यसअघि १५ दिन सुझावका लागि समय दिएको थियो र वडास्तरमा योजना छनोट र बजेटबारे छलफल गरेको थियो। 

    मैवाखोला गाउँपालिकाले गत वर्ष असार ९ गते बजेट ल्याएकोमा यस वर्ष असार १० अघि नै ल्याउने तयारी गरेको छ। पालिका अध्यक्ष विजयप्रकाश बनेमले जेठ २७ गतेदेखि बजेट अधिवेशन बोलाएर नीति र कार्यक्रम पारित गरी असार १० अघि बजेट ल्याउने बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend