काठमाडौं- उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ २० गते मंगलवार पनि २ वटा बस संचालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ । सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो ।
त्यस्तै पोखरा बाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडिलाइ आज पनि स्कर्टिङ गरिएको छ । २० वटा पर्यटक गाडि मध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ ।यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कि र नेपाल प्रहरिको संयुक्त टोलिले स्कर्टिङ गरेको हो । ती सवारीसाधनमा ६ सय बढि यात्रुहरु रहेका छन् ।






