images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • ट्रेड टावरको आईपीओमा आवेदन दिने आज...

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं- ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ ।लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताको लागि आवेदन दिएका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन माग भन्दा ७.०९ गुणा बढी हो ।

    images
    images

    ट्रेड टावरले जेठ १४ गते बुधबारदेखि सर्वसाधारणका लागि आर्ईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्यएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । 

    जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend