images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • भुइँकटहरको भाउ घट्यो, कतिमा किन्न पाइन्छ...

भुइँकटहरको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?

भुइँकटहरको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं । बजारमा भुइँकटहरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज सोमबार भुइँकटहरको भाउ प्रतिगोटा २० रुपैयाँले घटेको छ । हिजो आइतबार कालीमाटी बजारमा भुइँकटहर प्रतिगोटा १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने भुइँकटहरको प्रतिगोटा मूल्य १ सय ७० रुपैयाँ कायम छ ।

    भुइँकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।

    images
    images

    भुइँकटहर खुद्रा व्यवसायीले काटेर पनि बिक्री गर्ने गरेका छन् । खुद्रा पसलमा भुइँकटहर प्रतिगोटा २ सयदेखि २२० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ । फलफूल तथा जुस पसलमा भुइँकटहरको जुस मात्रै पनि किन्न पाइन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend