images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • ट्रेड टावरको आईपीओमा आवेदन दिने समय...

ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थप

ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थप

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं- ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थपिएको छ । आईपीओमा आवेदन दिने समय भोलि जेठ २० गतेसम्मका  लागि थपिएको हो । जेठ १८ गते नेपाल सरकारले भोटो जात्राको लागि उपत्यकामा बिदा दिएसँगै आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको बताइएको छ ।

    images
    images

    कम्पनीले जेठ १४ गतेदेखि प्राथमिक साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

    कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend