images

२०८३ आश्विन १६ गते

images
images
images

निफ्राको ५ अर्ब रुपैयाँ बराबरको ‘हरित ऊर्जा ऋणपत्र’ बिक्री खुला

निफ्राको ५ अर्ब रुपैयाँ बराबरको ‘हरित ऊर्जा ऋणपत्र’ बिक्री खुला

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आव जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।

    images
    images

    सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिनेछ। बाँकी १९ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

    लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend