images

२०८३ आश्विन १८ गते

images
images
images

५ लाखले घट्यो ‘ओरा ०३’को मूल्य

५ लाखले घट्यो ‘ओरा ०३’को मूल्य

images
images
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौं । ग्रेट वाल मोटर(जिडब्लुएम)को ओरा ०३ को मूल्य घटेको छ । जिडब्लुएमका लागि नेपालको आधिकारिक वितरक भिजी इम्पेक्सले नाडा अटो शो अघि गाडीको मूल्य ५ लाख घटाएको हो । 

    images
    images

    यसअघि ४७ लाख ४९ हजार मूल्य रहेकोमा हाल यसको मूल्य ४२ लाख ४९ हजार निर्धारण गरिएको कम्पनीका मार्केटिङ मार्केटिङ म्यानेजर पंकज यादवले जानकारी दिए । 

    ‘यो अफर केही समयका लागि हो । अहिले बजारमा धेरै ब्राण्डहरुको मूल्यमा प्रतिश्पर्धा चलिरहेको छ । त्यसकारण हामीले पनि उत्पादक कम्पनीलाई आग्रह गरेर मूल्य घटाएका हौं,’ उनले भने । 

    images
    images

    ओरा ०३मा ४७.७८ किलोवाटको लिथियम आइरन फोस्फेट ब्याट्री, ४०० किमिको रेन्ज रहेको कम्पनीले बताएको छ । यसमा ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटरले गर्दा शहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउने कम्पनीले जनाएको छ ।

    जसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ९ईसीएस०, ट्र्याक्सन कन्ट्रोल सिस्टम ९टीसीएस०, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधाहरू छन् ।

    त्यसैगरी यसमा रेयर पार्किङ सेन्सर र  ३६० डिग्री क्यामेरा प्रणाली पनि रहेको छ । ओरा ०३ मा ठूलो र फराकिलो केबिन, पानोरामिक सनरुफ, लेदर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोडलगायतका सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

    यो गाडीले एनक्याप (अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम) र यूरो एनक्याप रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend