images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सान्भि इनर्जीको आइपीओ मागभन्दा १०.७१ गुणा...

सान्भि इनर्जीको आइपीओ मागभन्दा १०.७१ गुणा बढी आवेदन

सान्भि इनर्जीको आइपीओ मागभन्दा १०.७१ गुणा बढी आवेदन

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौँः सान्भि इनर्जी लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्ममा २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीको आइपीओमा २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन परेको सीडीएसले जनाएको छ ।

    images
    images

    सर्वसाधारणलाई खुला गरेको यो आइपीओ मागभन्दा १०.७१ गुणा बढी आवेदन परेको छ । सान्भि इनर्जीले शुक्रबार जेठ ९ देखि आजसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।

    कम्पनीले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । त्यस लगत्तै , वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend