बजारमा स्थानीय काउलीको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार आइतबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २० देखि अधिकतम ३० रूपैयाँमा कारोबार भएको छ।
शुक्रबारको तुलनामा यो प्रतिकिलो १० रूपैयाँले बढी हो।शुक्रबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम १० देखि अधिकतम २० रूपैयाँमा कारोबार भएको छ।शनिबारदेखि काउलीको मूल्य बढ्न थालेको देखिन्छ। आपूर्तिका आधारमा मूल्य घटबढ हुन्छ।




.gif)





