images

२०८३ आश्विन १७ गते

images
images
images

सरकारले १० महिनामा उठायो ४ खर्ब ऋण

सरकारले १० महिनामा उठायो ४ खर्ब ऋण

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब ४ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाएको छ, जसको बदलामा ३ खर्ब ८ अर्ब रुपैयाँ हाराहारीको साँवा र ब्याज भुक्तानी गरेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाख मसान्तसम्मको प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो। १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ थपिएर वैशाख मसान्तसम्ममा कुल ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (GDP) को ४२.९४ प्रतिशत हो।

    images
    images

    कर्जाको बनावट हेर्दा:

     

    images
    images
    • वैदेशिक ऋण: ५१.६९% (१३ खर्ब ५५ अर्ब ६९ करोड)

    • आन्तरिक ऋण: ४८.३१% (१२ खर्ब ६६ अर्ब ७० करोड)

    वैशाख महिनामा ऋण भन्दापनि भुक्तानी बढी भएकाले कूल ऋण दायित्व अघिल्लो चैतको २६ खर्ब ६७ अर्ब बाट घटेको हो।सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। वैशाख मसान्तसम्ममा ३ खर्ब ९० अर्ब ८३ करोड ऋण उठाइएको छ, जुन लक्ष्यको ७१.४५ प्रतिशत हो।

    • आन्तरिक ऋण प्राप्ति: ९१.२५%

    • बाह्य ऋण प्राप्ति: ४१.३३%

    सरकारले लक्ष्यअनुसार:

    • आन्तरिक ऋण: ३ खर्ब ३० अर्ब मध्ये हालसम्म ३ खर्ब १ अर्ब १४ करोड

    • बाह्य ऋण: २ खर्ब १७ अर्ब मध्ये हालसम्म ८९ अर्ब ६८ करोड मात्र उठेको छ

    यस वर्ष सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीका लागि छुट्याइएको ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेटमध्ये वैशाख मसान्तसम्ममा ७६.४९% अर्थात् ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ खर्च भइसकेको छ।कुल गार्हस्थ्य उत्पादनको आधारमा यो ५.०५ प्रतिशत बराबरको ऋण सेवा खर्च हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend