images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • दोर्दी खोला जलविद्युतको करिब साढे १९...

दोर्दी खोला जलविद्युतको करिब साढे १९ लाख कित्ता अवितरित सेयर बिक्रीमा

दोर्दी खोला जलविद्युतको करिब साढे १९ लाख कित्ता अवितरित सेयर बिक्रीमा

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीको करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद सेयर आजबाट बिक्रीमा राखिएको छ।कम्पनीले चुक्तापुँजी १ः१ अनुपातमा १०० रुपैयाँ दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको थियो।  बिक्री हुन बाँकी १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

    images
    images

    बिक्रीमा राखिएको कुल सेयरमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता शेयर छन्। दुवै समूहको लकइन आउँदो असार ७ गते सकिँदैछ ।बिक्रीमा राखिएको सेयर जोकोही व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न बोलपत्र पेस गर्न सक्नेछन्।

    लगानीकर्ताले काठमाडौंको नक्सालमा रहेको सानिमा क्यापिटलका साथै सानिमा बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र गरिमा विकास बैंकको बागलुङ शाखामा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र जेठ १९ गते बैंकिङ समयसम्म पेस गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend