images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश...

‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिए नैतिकता प्रदर्शन हुने

‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिए नैतिकता प्रदर्शन हुने

images
images
शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • काठमाडौंः नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । गृह नगर विराटनगरमा शनिबार सञ्चारकर्मीहरू सँगको कुराकानीमा उनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन् ।   

    images
    images

    ‘सबभन्दा इम्पोटेन्ट (महत्वपूर्ण) के छ भने अहिले रमेशजीको जुन आएको छ, किन भने गृहमन्त्रालय उहाँकै अन्डरमा छ नि त,’ नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाईंहरू भने भइहाल्यो ।’

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयबाट ‘भिजिट भिसा’ भइरहेको भनिएको अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्री लेखकको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो । ‘त्यसले मोरल स्टेटस देखिन्छ,’ नेता कोइरालाले भने । 

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सच(सहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । 

    गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराई लाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाए लगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

    अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिए सँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend