images

२०८३ आश्विन २१ गते

images
images
images

कुरिलोको मूल्य बढ्यो, प्रतिकिलो कति?

कुरिलोको मूल्य बढ्यो, प्रतिकिलो कति?

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • बजारमा कुरिलोको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।कालीमाटी बजारमा शुक्रबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम चार सयदेखि अधिकतम सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो एक सय रूपैयाँले बढी हो।बिहीबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम ६ सय रूपैयाँमा कारोबार भइरहेको थियो।आपूर्तिका आधारमा कुरिलोको मूल्य घटबढ हुन्छ।

    कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ। कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।

    images
    images

    कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend