images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • टाटा मोटर्सले ल्यायो दसैँ अफर,श्रावण २५...

टाटा मोटर्सले ल्यायो दसैँ अफर,श्रावण २५ देखी २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रमको आयोजना

टाटा मोटर्सले ल्यायो दसैँ अफर,श्रावण २५ देखी २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रमको आयोजना

images
images
अर्थ समाचार
बिहिवार, श्रावण २४ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौँ ।  टाटा मोटर्सले नेपालका लागि े एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । 

    images
    images

    अफरअनुसार जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिने कम्पनीले जनाएको छ ।
     ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यही श्रावण २५ देखी २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

    यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिने जनाइएको छ ।  

    images
    images

    साथै साउनमै दसैँ कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।  यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका बिद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend