images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • सिमेन्ट उत्पादकको सिमेन्ट ढलान प्रविधिलाई सरकारी...

सिमेन्ट उत्पादकको सिमेन्ट ढलान प्रविधिलाई सरकारी नीति र योजनामा प्राथमिकता दिन माग

सिमेन्ट उत्पादकको सिमेन्ट ढलान प्रविधिलाई सरकारी नीति र योजनामा प्राथमिकता दिन माग

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट ढलान प्रविधिको प्रवद्र्धनका लागि बजेटमा प्राथमिकता दिन माग गरको छ । संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै नीति निर्माता, निर्माण व्यवसायी तथा स्थानीय सरकार सबैलाई आ–आफ्नो क्षेत्रबाट सिमेन्ट ढलान प्रविधिको प्रवद्र्धन, बजेटमा प्राथमिकता र नीति निर्माणमा संलग्न हुन आग्रह गरेको हो । 

    images
    images

    सडक निर्माणका सन्दर्भमा पछिल्लो समय सिमेन्ट ढलान बाटोप्रतिको चासो बढ्दै गएको संघको भनाई छ । 'नेपालको पहाडी भौगोलिक बनावटमा पूर्वाधार निर्माण, विशेषतः सडक सञ्जाल विस्तार एक चुनौतीपूर्ण कार्य रहँदै आएको छ । यस्तो भू-भागमा दीर्घकालीन सोचका साथ टिकाउ, भरपर्दो र लागत–लाभ विश्लेषणमा आधारित पूर्वाधार निर्माण गर्नु अत्यावश्यक छ ।' संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

    हाल प्रचलनमा रहेको अलकत्र (बिटुमिन) प्रयोग गरिएको कालोपत्रे बाटो प्रारम्भिक रूपमा तुलनात्मक रूपमा सस्तो देखिए तापनि यसको जीवन अवधि छोटो हुने, हरेक वर्ष मर्मत संभारमा ठूलो रकम खर्चिनु पर्ने तथा मौसमजन्य असरले चाँडै बिग्रिने भएकाले दीर्घकालीन दृष्टिले यो प्रभावकारी नहुने संघको भनाई छ ।  अर्कातर्फ सिमेन्ट ढलान बाटो प्रारम्भिक लागतमा केही महँगो पर्न गएको भए तापनि यसको आयु कम्तिमा ३ गुणासम्म लामो हुने भएकाले समग्र हिसाबले यो किफायती र टिकाउ विकल्प सावित भएको सिमेन्ट उत्पादकहरुको दाबी छ ।'सिमेन्ट ढलानबाट निर्माण गरिने सडकहरु प्राविधिक हिसाबले पनि उपयुक्त मानिन्छन्। पानीको प्रभावले कालोपत्रे सडक क्षतिग्रस्त हुन्छ भने सिमेन्ट ढलान सडकमा पानीले नोक्सान पुर्याउने होइन, बरु यसले दीर्घायु बढाउँछ । अलकत्र बाटोमा पानी, ढल तथा अन्य आवश्यक संरचना जोड्दा सडक भत्काउनुपर्दछ र त्यसको मर्मत पनि जटिल हुन्छ, तर सिमेन्ट ढलान सडकमा सहज रूपमा काटेर पुनः जडान तथा निर्माण गर्न सकिने विशेषता हुन्छ ।' संघले भनेको छ ।

    images
    images

    अर्कोतर्फ, अलकत्र पूर्णरूपमा आयात गर्नुपर्ने सामग्री हो। यसले मुलुकको परनिर्भरता बढाउँछ । यद्यपि, सिमेन्ट नेपालमै उत्पादन हुने र निरन्तर आपूर्ति हुने सामग्री हो, जसको प्रयोगले आयात प्रतिस्थापनमा टेवा पु¥याउनुका साथै राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सकिने दाबी पनि गरेका छन्।छिमेकी मुलुक भारत, चीन लगायत अन्य देशहरुले पहाडी क्षेत्रदेखि उच्चस्तरीय हाइवे निर्माणसम्म सिमेन्ट ढलान प्रविधिको प्रयोग गर्दै आइरहेका छन्। नेपालमा पनि केही स्थानमा स्थानीय निकाय वा आयोजना स्तरीय प्रयासमा सिमेन्ट ढलान सडक निर्माण गरिएको पाइन्छ । यस्ता प्रयास प्रशंसनीय छन्, तर नीति तथा कार्यान्वयन स्तरमै सरकारी प्रतिबद्धता नहुँदा यस प्रविधिको व्यापक प्रयोग हुन नसकेको उनीहरुको भनाई छ। सन्दर्भमा “अब कालोपत्रे होइन सेतो पत्रे गरौं“ भन्ने अभियानलाई सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको संघले जनाएको छ । राष्ट्रिय पूर्वाधार निर्माणको दीर्घकालीन दृष्टि, जनताको सेवा र देशको आर्थिक स्वावलम्बनलाई प्राथमिकतामा राख्दै सिमेन्ट ढलान प्रविधिलाई सरकारी नीति र योजना मार्फत प्राथमिकता दिनु समयको माग भएको संघको भनाई छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend