images

२०८३ आश्विन २६ गते

images
images
images

आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दै

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ। सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन्। समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ। समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ। 

    images
    images

    गभर्नर बन्ने भन्दै यसअघि सिफारिस समितिमा रहेका डाक्टर विश्व पौडेलले राजीनामा दिएका छन्। सरकारले उनैलाई गभर्नर बनाउने तयारी गरेको छ।  सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित अदालतमा मुद्दा दायर भएको छ। मुद्दा दर्ता भएको छ। यसअघि अदालतले सो मुद्दालाई दरपीठ गरेको थियो।अदालतले भोलि पेशीमा राखेको छ।  तर, त्यसअघि बिहान कार्यालय खुल्ने बित्तिक्कै नयाँ गभर्नरको शपथ प्रधानन्यायाधीशबाट गराएर पदबहालीसम्मको योजना रहेको बताइन्छ।

    राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्ति हुन नसक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरितका डाक्टर विश्व पौडेललाई अघि सारेको पनि निवेदनमा दावी गरिएको छ। पौडेल उनै हुन् जो गत आम निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनी कांग्रेसको क्रियाशील सदस्य रहेको जनाइएको छ। तर, उनले भने आफूले सदस्यता नवीकरण नगरेको दाबी गर्दै आएका छन्। गभर्नर महाप्रसाद अधिकारी गत चैत २४ गते कार्यकाल सकिए पनि राजनीतिक दाउपेचका कारण सरकारले अझै गभर्नर नियुक्त गर्न सकेको छैन।यसअघि बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति भएको भन्दै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, कामु गभर्नर डाक्टर निलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि सरकारले उनलाई गभर्नर बनाउन सकेन। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend