images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • त्रिवेणी मोटोकर्पले गर्यो कामा ब्रान्डका ईभीको...

त्रिवेणी मोटोकर्पले गर्यो कामा ब्रान्डका ईभीको विक्री वितरण सुरू

त्रिवेणी मोटोकर्पले गर्यो कामा ब्रान्डका ईभीको विक्री वितरण सुरू

images
images
अर्थ समाचार
बुधवार, श्रावण २३ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २३ २०८१
  • काठमाडाैं ।नेपाली बजारमा त्रिवेणी मोटोकर्प प्रा.लि.ले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोवाइल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरू आयात गरी विक्री वितरण सुरु गरेको हो ।

    images
    images

    पछिल्लो समय कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेको छ । स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कम्पनीका उत्पादनहरू विश्वका ६० देशहरूमा बिक्री वितरण हुँदै आएको छ । 

     विजुली गाडीको प्रवर्द्धनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ ।

    images
    images

    ११ र १४ सिट क्षमताको कामा इभी माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० कि.मी रेञ्ज प्रदान गर्ने गर्दछ । कामा का सबै इलेक्ट्रिक भ्यानहरूमा सि.ए.टी.एल. ब्याट्रीजडित रहेका छन् ।

    कम्पनीले उक्त रेञ्जहरू ४० कि.मी. प्रती घण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको इ.भी. सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परीक्षण गर्दा २५० कि.मि.को रेन्ज सजिलै पाइने जनाएको छ ।

    त्रिवेणी मोटोकर्पले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरूको व्यवस्था पनि गरिसकेको जनाएको छ । 

    यसबाट बिक्रीपछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भिस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरूले ढुक्कसँग कामा ब्रान्डका गाडी छनौट गर्न सक्नुहुनेछ भनी कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्वन्धि व्यवस्थाहरूको निरीक्षण तथा भ्रमण गर्न ग्राहकहरूसँग अनुरोध समेत गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend