वीरगञ्ज । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ ।उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।
उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताइन । कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन ।प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड रुपैयाँ शुल्क सङ्कलन भएको छ ।




.gif)



