images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रुसी प्रतिनिधिसँग नेपालीलाई रुसी सेनामा भर्ना...

रुसी प्रतिनिधिसँग नेपालीलाई रुसी सेनामा भर्ना नगर्न प्रधानमन्त्री ओलीको आग्रह

रुसी प्रतिनिधिसँग नेपालीलाई रुसी सेनामा भर्ना नगर्न प्रधानमन्त्री ओलीको आग्रह

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

    images
    images

    प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको  मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिनुुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सोही अवसरमा  प्रधानमन्त्री ओलीले रुसी महासंघका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे।  

    प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गर्नुभयो । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगराइने विश्वास दिलाए ।भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend