images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • स्थानीय बजारमा घट्यो नेपाली लसुनको भाउ,...

स्थानीय बजारमा घट्यो नेपाली लसुनको भाउ, किलोको कति ?

स्थानीय बजारमा घट्यो नेपाली लसुनको भाउ, किलोको कति ?

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार नेपाली लसुनको भाउ घटेको देखाएको हो ।

    images
    images

    कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बिहीबार सुकेको नेपाली लसुनको भाउ किलोमै १ सय रुपैयाँ घटेको छ । बुधबार नेपाली लसुन २ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो १ सय ९० रुपैयाँ कायम छ ।

    तर, चिनियाँ लसुनको भाउ भने आज यथावत् छ । चिनियाँ लसुन प्रतिकिलो २ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ । एक साताअघि चिनियाँ लसुनको भाउ किलोमा ३४ रुपैयाँ घटेको थियो । एक साताअघि थोकमा प्रतिकिलो ३ सय १० रुपैयाँ थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend