images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आज बोलाइएको मन्त्रिपरिषद बैठकको समय र...

आज बोलाइएको मन्त्रिपरिषद बैठकको समय र स्थान परिवर्तन

आज बोलाइएको मन्त्रिपरिषद बैठकको समय र स्थान परिवर्तन

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं ।  बुधबार बोलाइएको मन्त्रिपरिषद बैठकको समय र स्थान दुवै परिवर्तन भएको छ। आज राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक साँझ ६ बजे सिंहदबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

    images
    images

    बैठकले गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य डा.विश्व पौडेलको राजीनामा स्वीकृत  गर्दै नयाँ सदस्य नियुक्त गर्ने संभावना रहेको छ।उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ। राष्ट्रिय योजना आयोगका  पूर्वअध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो। सोही समझदारीका आधारमा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको बताइएको छ।दुई दलीय भागबण्डामा गभर्नर कांग्रेसले लिने समझदारी भएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend