images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • ९ महिनामा युनियन हाइड्रोपावरले कमायो २...

९ महिनामा युनियन हाइड्रोपावरले कमायो २ करोड १९ लाख खुद नाफा

९ महिनामा युनियन हाइड्रोपावरले कमायो २ करोड १९ लाख खुद नाफा

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४३ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १ करोड ५३ लाख ४३ हजार खुद नाफा आर्जन गरेको थियो । 

    images
    images

    यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५ करोड ७१ लाख रुपैयाँबाट बढेर ५ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । विद्युत बिक्रीबाट हुने आम्दानीमा बृद्धि हुँदा यसको नाफा बढेको हो । 

    कम्पनीको ब्याज खर्च ६३ लाखबाट घटेर २७ लाख कायम भएको छ । ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २४ लाख ३ हजार रुपैयाँ रहेको छ । चैतसम्म यस कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २.१९ रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १००.३२ रुपैयाँ छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend