images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच...

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो -प्रधानमन्त्री ओली

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो -प्रधानमन्त्री ओली

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन्। आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए। उनले भने,‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’ 

    images
    images

    प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए। उनले भने,‘उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप प्रत्यारोपकोस्थिति छ।’प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।  

    यस्तो छ ओलीले भारत र पाकिस्तान युद्धविरामबारे बोलेको

    images
    images

    झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस्। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौँ, उहाँहरूसँग पनि कुरा गर्‍यौँ। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend