images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • तेस्रो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको...

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा गिरावट

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा गिरावट

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं ।  राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले कमाएको २ करोड ४५ लाख रुपैयाँ नाफाको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३७.१० प्रतिशतले कम हो ।कम्पनीको महाविपत्ति कोषमा ३ करोड ५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६२ करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४८ करोड ४६ लाख रुपैयाँ रहेको थियो । 

    images
    images

    अघिल्लो वर्ष समीक्षा अवधिमा जीवन बीमा कोषमा ५३ अर्ब ५४ करोड ९ लाख रुपैयाँ रहेकोमा हाल ११.८५ प्रतिशतले बढेर ५९ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले ७ अर्ब ७९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको कुल बीमाशुल्क आर्जन १.२८ प्रतिशतले बढेको हो।

    कम्पनीले अघिल्लो वर्षको यो अवधिको तुलनामा ०.५६ बढी अर्थात् ७ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। सेयरपुँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने १८.०६ बाट घटेर १७.०४३ रुपैयाँ कायम भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend