काठमाडौंः नेपाल राष्ट्र बैंकको गभर्नर चयन प्रक्रिया फेरि एक पटक राजनीतिक समीकरणले मोडिएको छ। गभर्नर सिफारिस समितिका सदस्य तथा चर्चित अर्थविद् विश्व पौडेलले पदबाट राजीनामा दिएका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीच उनलाई नै गभर्नर बनाउने सहमति जुटेपछि उनले समितिबाट राजीनामा दिएका हुन्।
यसअघि कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरका लागि मुख्य प्रतिस्पर्धी मानिएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टको नाममा सहमति नजनाए पछि कांग्रेसले विकल्पका रूपमा पौडेललाई अघि सारेको हो। स्रोतका अनुसार, अब कांग्रेस र एमाले दुबै पक्ष विश्व पौडेलको नाममा सहमत छन्।
राजीनामा आइतबार दिउँसो सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको हो। तीन सदस्यीय समितिमा अर्थमन्त्री पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी, र हाल राजीनामा दिएका पौडेल सदस्य थिए।
यसअघि पनि पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको थियो। अब सरकार पौडेलको स्थानमा नयाँ अर्थशास्त्री नियुक्त गर्ने तयारीमा छ।




.gif)





