images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • तेस्रो त्रैमासमा क्रेष्ट माइक्रो लाइफको नाफामा...

तेस्रो त्रैमासमा क्रेष्ट माइक्रो लाइफको नाफामा उल्लेख्य वृद्धि

तेस्रो त्रैमासमा क्रेष्ट माइक्रो लाइफको नाफामा उल्लेख्य वृद्धि

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा चमत्कारिक आर्थिक प्रदर्शन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, खुद नाफा अघिल्लो वर्षको तुलनामा ६३८.६४ प्रतिशतले वृद्धि भई १ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १४ लाख २६ हजार रुपैयाँ मात्रै थियो।

    images
    images

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। यो १ रुपैयाँ ५१ पैसाको वृद्धि सहित १ रुपैयाँ ८७ पैसामा पुगेको छ।वित्तीय विवरणअनुसार, खुद आर्जित बीमाशुल्क ३४६.४२ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानीमा १९८.७२ प्रतिशतको बृद्धि देखिएको छ। त्यस्तै, कुल खर्च १९०.५९ प्रतिशत र दाबी भुक्तानी ३८३.१५ प्रतिशतले बढेको छ, जसले कम्पनीको सेवा विस्तार र बजारमा प्रभावकारी उपस्थिति देखाउँछ।

    चैत मसान्तसम्म कम्पनीको मूल्य/आम्दानी अनुपात (P/E Ratio) १९५.४० गुणामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसामा उक्लिएको छ। हाल कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको छ।त्यस्तै, महाविपत्ति कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्समा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend