images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी सँग निरन्तर...

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी सँग निरन्तर सम्पर्कमा रहेका छोंः परराष्ट्र मन्त्रालय

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी सँग निरन्तर सम्पर्कमा रहेका छोंः परराष्ट्र मन्त्रालय

images
images
शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • काठमाडौँः परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी सँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

    images
    images

    मन्त्रालयले एक विज्ञप्ति मार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ । साथै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ ।

    मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ ।

    images
    images

    त्यस्तै, भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति मार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो ।

    भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सर्तकता अपनाउन ध्यानाकर्षण गराएको हो ।

    दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनको पालना समेत गर्न भनेको छ । नेपाली नागरिकले नेपाली दूतावस र महावाणिज्य दूतावास कोलकातामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend