images

२०८३ आश्विन २६ गते

images
images
images

अब नबिल बैंकका ग्राहकले घरमै बसेर निःशुल्क क्रेडिट कार्ड पाउन सक्ने

अब नबिल बैंकका ग्राहकले घरमै बसेर निःशुल्क क्रेडिट कार्ड पाउन सक्ने

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौँ । नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ । ग्राहकले उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया दिएको भन्दै उक्त योजना असार मसान्तसम्म लम्ब्याएको बैंकले जनाएको छ ।

    images
    images

    यो योजनाअन्तर्गत ग्राहकले क्रेडिट कार्ड लिन कुनै प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क तिर्नु पर्दैन । ग्राहकले घर वा कार्यालयबाटै आवेदन दिई आफूलाई पायक पर्ने स्थानमा कार्ड प्राप्त गर्न सक्नेछन् ।बैंकले यस योजनामार्फत आधुनिक बैंकिङ प्रवर्द्धन गर्नुका साथै वर्षेनी लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्ने लक्ष्य लिएको जनाएको छ । ‘बाई नाउ, पे लेटर’ सुविधाअन्तर्गत ग्राहकले शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् । साथै विभिन्न आउटलेटहरूमा छुट पनि प्राप्त गर्न सकिनेछ ।

    ग्राहकले नबिल बैंकको कुनै पनि शाखामा गई योजनासम्बन्धी थप जानकारी लिन सक्नेछन् । वा 'लाइफटाइम फ्री क्रेडिट कार्ड' का लागि आवेदन दिन सक्नेछन् । साथै, यो लिङ्कमा गई अनलाइनमार्फत पनि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend