images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले...

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो,अन्य सूचक कस्तो ?

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो,अन्य सूचक कस्तो ?

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौंः माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ।

    images
    images

    तेस्रो त्रैमासको अवधिमा कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो।

    यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको
    आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।

    images
    images


    यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो।

    यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ।यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७।८७ रुपैयाँ रहेको छ भने प्रति शेयर  नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा
    रहेको छ।

    माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन्।

    MEN 3rd Quarterly final.png
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend