images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • तेस्रो त्रैमाससम्ममा श्वेत गंगा हाइड्रोपावर...

तेस्रो त्रैमाससम्ममा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्स नाफामा

तेस्रो त्रैमाससम्ममा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्स नाफामा

images
images
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा आर्जन गर्न सफल भएको छ । चालु आवको ९ महिनामा कम्पनीले ६ करोड ८० लाख खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनी ८ करोड २८ लाख घाटामा थियो।

    images
    images

    यस अवधिमा कम्पनीको विद्युत बिक्री गरेर आम्दानी बढेको छ भने ब्याज खर्च घटेको छ । जसले गर्दा कम्पनी नाफामा गएको देखिन्छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाट बढेर ६५ करोड ७६ लाख पुगेको छ। ब्याज खर्च भने ४२ करोड ३२ लाखबाट घटेर ३२ करोड १८ लाखमा झरेको विवरणमा उल्लेख छ।

    १ अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडामा २१ लाख ७७ हजार रुपैयाँ रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ २७  पैसा र प्रति शेयर नेटवर्थ ७६ रुपैयाँ ४९ पैसा रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend