images

२०८३ कार्तिक ८ गते

images
images
images

सोमबार बढ्यो सेयर बजार,नेप्से २७९६ अंकमा

सोमबार बढ्यो सेयर बजार,नेप्से २७९६ अंकमा

images
images
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौँ । सेयर बजार सोमबार २७९६ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४०.७६ अंक बढेको हो । कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images

    १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६।६९ प्रतिशत बढ्यो । त्यस्तै अन्य ५.७३, हाइड्रोपावर ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, निर्जीवन बीमा १.२५ प्रतिशत बढे । बैंकिङ ०.५०, विकास बैंक ०.१५ र फाइनान्स ४.६१ प्रतिशत घटे । उत्पादन ०.५१ तथा माइक्रोफाइनान्स सूचक ०.७५ प्रतिशत घटेका छन् ।

    रुरु जलविद्युत्, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत्, कुथेली बुकरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल, माउन्टेन हाइड्रो नेपाल, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend