images

२०८३ आश्विन २६ गते

images
images
images

बैंकिङ प्रणालीबाट आज पनि थप ३५ अर्ब रुपैयाँ तान्ने

बैंकिङ प्रणालीबाट आज पनि थप ३५ अर्ब रुपैयाँ तान्ने

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज पनि थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ।  बैंकिङ प्रणाली अधिक तरलता थुप्रिए पछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन गर्दै आएको  छ।

    images
    images

    अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। त्यसको लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको  छ।

    बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम सम्म बोलकबोल गर्न सक्ने छन्।  निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

    images
    images

     निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend