images

२०८३ आश्विन १८ गते

images
images
images

अरुण भ्याली हाइड्रोपावरको नाफा उल्लेख्य बढ्यो

अरुण भ्याली हाइड्रोपावरको नाफा उल्लेख्य बढ्यो

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

    images
    images

    चालु आर्थिक वर्षको चैत २मसान्त सम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२८.५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनीले ६ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

    समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५ हजार ७९९.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ५७ लाख रुपैयाँ मात्र रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधि सम्ममा बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

    images
    images


    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ ४३ पैसा बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ। चैत मसान्त सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.०९ गुणा रहेको छ।

    ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३६ करोड ७८ लाख रुपैयाँ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend