images

२०८३ आश्विन १८ गते

images
images
images

कुमारीपाटी जावलाखेल महोत्सवको स्थापना दिवस सम्पन्न

कुमारीपाटी जावलाखेल महोत्सवको स्थापना दिवस सम्पन्न

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः ललितपुर,कुमारीपाटी जावलाखेल व्यापार संघको १५ औं  स्थापना दिवस मंङ्गलबार मनाइयो ।

    images
    images

    कुमारीपाटीमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष वीरेन्द्र शाक्यले शिक्षा, व्यवसायको हबका रूपमा रहेको यस क्षेत्रको हितसँगै सामाजिक उत्तरदायित्वको भावनाले काम गरिरहेको बताएका छन्।

    १५ वर्षका दौरानमा  तीन पटक कुमारीपाटी जावलाखेल महोत्सव आयोजना गरिसकेको जनाउँदै अध्यक्ष शाक्यले ती महोत्सवले यहाँको व्यापार व्यवसायको प्रवर्द्धन गर्न महत्त्वपूर्ण टेवा पुर्याएको बताएका छन्। 

    images
    images

    व्यापार संघले गत चैत्र २२ र २३ गते पछिल्लो पटक सडक महोत्सव आयोजना गरेको थियो । सो महोत्सवले खुम्चदै गएको बजार प्रवर्द्धन गर्न टेवा पुर्याएको बताउँदै अध्यक्ष शाक्यले स्थानीयवासी, कुमारीपाटी क्लब, ललितपुर महानगरपालिका र निजी क्षेत्र सबैको साथ सहयोग लिएर महोत्सवलाई आगामी वर्षमा निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। 

    व्यापार संघले गर्दै आएको महोत्सवलाई निजी क्षेत्र र महानगरपालिकाले उचित मुल्यांकन गर्न पनि उनले माग गरेका छन्। 

    सो अवसरमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले अहिलेसम्म गरिसकेका महोत्सवबाट सिक्दै आगामी दिनमा गर्ने महोत्सवलाई अझ व्यापक, सहभागितामूलक बनाउनुपर्नेमा जोड दिएका छन्। झन्डै अढाई दर्जन मेला महोत्सव आयोजना गरेको अनुभव समेत रहेका वडाअध्यक्ष शाक्यले महोत्सवको प्रभावकारिता बढाउन वडा सधैं सहयोगी हुने बताएका छन्।

    सो अवसरमा कुमारीपाटी क्लबका अध्यक्ष केशव खड्काले घरबहाल, बिक्रीको न्यूनता लगायत विभिन्न समस्याले पिरोलिएका व्यवसायीको उत्थान र स्थानीयको हितका लागि नियमित रात्रीकालीन बजार सञ्चालन गर्दै जानुपर्ने खाँचो औल्याएका छन्। व्यापार व्यवसाय फस्टाएमा सामाजिक गतिविधि पनि राम्रो र सुचारु हुँदै जाने भएकोले संघको गतिविधिलाई क्लबले सघाउँदै आएको  पनि अध्यक्ष खड्काले जानकारी दिएका छन्।

    सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुसन महर्जनले संघको कुमारीपार्टी र जावलाखेल व्यापार र व्यवसायीको हितका लागि संघले महत्त्वपूर्ण कार्य गर्दै आएकोमा प्रशंसा गर्दै यसमा कार्यमा ललितपुर संघले सधै साथ र सहयोग गर्ने संकल्प व्यक्त गरेका छन्।

    सो अवसरमा ललितपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र कायस्थले निजी क्षेत्रको हकहितका लागि व्यवसायी सम्बध्द संघबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

    समाजसेवी अजरमान जोशीले राज्यले व्यवसायी संघसंस्थालाई मिल्न नदिने प्रपञ्च सधै रचिरहनेतर्फ सजक हुँदै काम गर्दै जानुपर्ने बताएका छन्।

    सो अवसरमा ललितपुर कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष पूर्ण महर्जन, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्य लगायतले बोलेका थिए । १५ वर्ष अघि पुष्परत्न शाक्यको अध्यक्षतामा सो संघ स्थापना भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend