images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु...

सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण

सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौँका सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले खानेपानी रोकेर मानवताविरोधी अपराध गरेको समेत बताए । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सुकुम्वासी बस्तीमा रहेका नागरिकसँग कर लिने, मत लिने तर उनीहरूलाई खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको बताए । 

    images
    images

    ‘सम्माननीय सभामुख महोदय, काठमाडौँको सुकुम्वासी बस्तीमा खानेपानी छैन । म सरकारसँग सोध्न चाहन्छु, सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभयो ? खानेपानी त दुस्मनलाई पनि रोक्दैन । तपाईँले आफ्नै देशको नागरिकलाई खानेपानी रोकेको सुन्दा असाध्यै दुःख लागेको छ,’ साहले भने, ‘खानेपानी त मौलिक हक हो, संवैधानिक अधिकार हो । के त्यो सुकुम्वासीलाई लागु हुँदैन ? सुकुम्वासीको भोट लिने, सुकुम्वासीको मत लिने, सुकुम्वासीको कर पनि लिने तर ती सुकुम्वासीले खानेपानी नपाउने ? यो भन्दा विडम्बना के हुन्छ ? यो सामान्य अपराध होइन । सरकारले मानवता विरोधी अपराध गरेको आभास हुन्छ सभामुखज्यू ।’ 

    कुनै पनि बहानामा कोही कसैलाई शुद्ध खानेपानीबाट वञ्चित गर्नु राम्रो नभएको उनले बताए । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था सरकारले यथाशीघ्र गरोस् भन्ने बारेमा सभामुखले रुलिङ गर्नुपर्ने उनले बताए । यस्तै उनले भारतको उडिसामा मृत्यु भएकी वीरगन्ज निवासी प्रिसा साहको बारेमा सत्यतथ्य सार्वजनिक गर्न र त्यस बारेमा के भइरहेको छ भन्ने बारेमा सदनलाई जानकारी गराउन समेत सरकारसँग माग गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend