images

२०८३ आश्विन १५ गते

images
images
images

नापतौल हेरफेर गरेको पाइएपछि चार व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना

नापतौल हेरफेर गरेको पाइएपछि चार व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं  । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना गरिएको विभागको भनाइ छ । विभागका अनुसार टौदह स्थित जेजे एक्जिम प्राइभेट लिमिटेडले ड्राइफ्रुट लगायतका खाद्य वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ  ।  

    images
    images

    यस्तै वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि स्वयम्भूस्थित मणिक गंगा इन्टरप्राइजेजलाई पनि २ लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ  । 

    साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ । सोही कसुरमा धम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (अटोपार्ट्स) लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । 

    images
    images

    साथै मदिरा एवम् सुर्तीजन्य पसल श्रीपा स्टोरलाई सहयोग नगरेको भन्दै १५  हजार रुपैयाँ जरिवाना गरिएको छ । विभागको निरीक्षण टोलीले आइतबार ९ वटा व्यापारिक फर्ममा अनुगमन गरी कारबाहीको दायरामा ल्याएको हो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend