images

२०८३ आश्विन १८ गते

images
images
images

आज स्वाभिमान लघुवित्तको साधारणसभा बस्दै

आज स्वाभिमान लघुवित्तको साधारणसभा बस्दै

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं- स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । सभा रुपन्देहीको तिलोत्तमास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस सेयर ५ प्रतिशत र कर प्रयोजनार्थ ०.२५३२ प्रतिशत नगद लाभांश छन्।

    images
    images

    सभाले बोनस सेयर वितरणपछि संस्थाको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायहरुबाट आवश्यक निर्देशन भएमा सोहीबमोजिम गर्ने गराउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। रिक्त सञ्चालक पदमा मनोनयन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।संस्थाले वैशाख ११ गते बुक क्लोज गरेकोले वैशाख १० गतेसम्म कायम सेयरधनीहरु मात्रै यो संस्थाको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend